आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आजको राशिफल ।। २०७८ बैशाख १ गते बुधबार

आजको राशिफल ।। २०७८ बैशाख १ गते बुधबार

नागरिक पाटी

१, बैशाख २०७८
  • 5.7K
    SHARES
  • आजको राशिफल ।। २०७८ बैशाख १ गते बुधबार

    ज्यो. हरि पन्त

    images

    आजको पञ्चांग

    आज मिति २०७८ वैशाख १ गते बुधबार, इस्वीसंवत अप्रिल १४ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको द्धित्तीय तिथि रहनेछ । आज भरणी नक्षत्र, विष्कुम्भादि योगमा प्रीति, करणमा तैतिल, आनन्दादि योगमा काण रहनेछ ।

    सूर्य मेष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३१ घटि ५२ पला अर्थात १२ घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४९ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २७ मिनेटमा हुनेछ ।

    आजको राशिफल

    मेष 

    मेष राशि भएकाहरूका आज समय शुभ छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् ।

    वृष 

    वृष राशि भएकाहरूका लागि आज समय खराब रहनेछ, आज थोरै बोलेको राम्रो हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । आफैंले गरेको सानो त्रुटिका कारण कारण अपजस ब्यहोर्ने दिन छ, त्यसैले सावधान, संयम र सचेत भई काममा मन लगाउनु उचित हुनेछ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् ।

    मिथुन 

    आज मिथुन राशि भएकाहरूका लागि समय शुभ छ । प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि राम्रो दिन छ । प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । घरायसी प्रयोजनका र भोगविलाससँग समृद्ध सामाग्रीको किनमेल गरिने छ । आम्दानीमा कमी हुने छैन । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ ।

    कर्कट 

    आज कर्कट राशिका लागि आज पनि समय सामान्य खालको छ । आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्द व्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुनेछ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुुने सङ्केत छ, जीवनसाथीसंग दूरी बढ्ने छ ।

    सिंह 

    आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । व्यापारमा राम्रै फाइदा हुनेछ ।

    कन्या 

    कन्या राशि भएकाहरूका लागि आज समय शुभ छैन । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । आज पश्चिम दिशाको यात्रा नगर्नुहोला ।

    तुला 

    तुला राशि भएकाहरूका लागि आज समय र स्वास्थ्य भरोषाको छैन । आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । व्यापार गर्नेले गलत निर्णय गर्ने सम्भावना छ, विशेष गरी लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ । भाग्यको चन्द्रमाको प्रभावले मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनसक्छ ।

    वृश्चिक 

    वृश्चिक राशि भएकाहरूका लागि समय शुभ छ, कर्मसिद्धिको समय आएको छ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । मातापिता र अभिभावकको आशीर्वादले काम गर्नेछ ।

    धनु 

    धनु राशिका लागि आज समय शुभ छ । समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।

    मकर 

    मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन । मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा असमझदारी बढ्न सक्छ । तर धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्द व्यापारमा सोचेजस्तै लाभ लिन कठिन हुनेछ । घरपरिवारमा पनि तनावको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य भरोषाको रहनेछैन । शरीरमा फुर्तिलोपन कम हुनेछ । चिताएका काम बन्न कठिन छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपनमा कमि आउनेछ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव शिरोपर गर्नुहोला ।

    कुम्भ 

    कुम्भ राशिका लागि आज समय शुभ छ । मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । विश्वासको वातावरण बन्नेछ ।

    मीन 

    मीन राशि भएकाहरूका लागि आज समय खराब छ । बाह्रौं चन्द्रमा भएकाले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रशन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकांक्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ ।

    साइत 

    आज चन्द्रमा मेष राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

    आजको शुभ लाभादि बेला

    बिहान ५ः४७ बजेदेखि ७ः२२ बजेसम्म लाभ बेला
    बिहान ७ः२२ बजेदेखि ८ः५६ बजेसम्म अमृत बेला
    बिहान ८ः५६ बजेदेखि १०ः३१ बजेसम्म काल बेला
    बिहान १०ः३१ बजेदेखि १२ः०६ बजेसम्म शुभ बेला
    बिहान १२ः०६ बजेदेखि १ः४० बजेसम्म रोग बेला
    दिनमा १ः४० बजेदेखि ३ः१५ बजेसम्म उद्धेग बेला
    दिनमा ३ः१५ बजेदेखि ४ः४९ बजेसम्म चर बेला
    दिउँसो ४ः४९ बजेदेखि ५ः२४ बजेसम्म लाभ बेला

    यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समय स् दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    (नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ०६:२८:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology