बेनिघाट । करिव डेढ बर्ष अगाडि धादिङको बेनिघाट रोराङ गाउँपालिका , बेनिघाट बजारमा निशुल्क कपडा घर संचालन हुँदै आइरहेको छ।
बेनीघाट क्षेत्रमा धेरै निम्न वर्गाीय चेपाङ परिवारको बस्ती भएकाले उनीहरुका लागि नै लक्षित गरी कपडा बैंक खोलिएको भए पनि अन्य समदायका मानिसले समेत यसबाट सुविधा प्राप्त गरेको समग्र युवाहरुको भनाइ छ ।
संस्था विविन्न अभियान मर्मत सेवा प्रदान गरिरहेको छ। निशुल्क लाइब्रेरी सबैलाई शिक्षा ,खाना र नाना अभियान अन्तर्गत विपन्न वर्ग ,अपाङ्ग ,बिद्यालयमा अध्यारत विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री ,पोशाक लगायतका सेवाहरु दिइरहेको छ। यस् पटक भने संस्थाले अनौठो अभियान सुरु गरेको छ। नेपाली नयाँ बर्ष२०७८ अवसरमा ञ एकपरिवार एक विरुवा झभन्ने नारा सहिद सबैलाई वृक्षरोपणको लागि आवहान गरिरहेको छ।
निशुल्क कपडा घर बेनिघाटका संस्थापक दिपेश कडेल आफ्नो फेस्बुकमा लेख्नुहुन्छ !
डडेलोको कारण अहिले देशै भरि वायु पदूषण हुँदै गइरहेको अवस्थामा वृक्षरोपण निकै महत्त्वपूर्ण छ। आज नयाँ बर्ष, आउनुहोस् यस् नयाँ बर्षाको अवसरमा एक परिवार एक विरुवा अभियान सहिद नयाँ बर्ष मानव जगतको कल्याणलाई मनाऔ। निशुल्क कपडा बैंकमा बिबिन्न प्रजातीका विरुवाहरु राखेका छौ।
आवश्यक पर्नेहरुले सेवा लिन सक्नुहुनेछ। जिउदा अक्सिजनको लागी मात्र नभै मर्दा आर्यघाटमा पनि १ रुख आवश्यक पर्छ १ मानिसलाई त्यसैले आफ्नै लागी भएपनी रुख रोपौ !
हालसम्म ४ हजार भन्दा बढि व्यक्तिहरुलाई निःशुल्क कपडा वितरण गरिएको बैंकका प्रतिनिधि दिपेश कँडेलले जानकारी दिए ।