आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आजको राशिफल ।। २०७८ वैशाख २ गते बिहीबार

आजको राशिफल ।। २०७८ वैशाख २ गते बिहीबार

नागरिक पाटी

२, बैशाख २०७८
  • 6.7K
    SHARES
  • आजको राशिफल ।। २०७८ वैशाख २ गते बिहीबार

    ज्यो. हरि पन्त

    images

    आजको पञ्चांग

    आज मिति २०७८ वैशाख २ गते बिहीबार, इस्वीसंवत अप्रिल १५ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको तृतीय तिथि रहनेछ । आज कृत्तिका नक्षत्र, विष्कुम्भादि योगमा आयुष्मान, करणमा वणिज, आनन्दादि योगमा लुम्व रहनेछ ।

    सूर्य मेष राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३१ घटि ५६ पला अर्थात १२ घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४२ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २८ मिनेटमा हुनेछ ।

    आजको राशिफल

    मेष 

    मेष राशि भएकाहरूका आज सरकारी कर्मचारीबाट घुस मागिने सम्भावना बलियो छ । इृष्टमित्रस“ग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा कुनै प्रकारको गडबडी हुनसक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज र भोलि विशेष सतर्क हुनुहोला ।

    वृष 

    वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ, मानसिक प्रसन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योग समेत देखिन्छ ।

    मिथुन 

    आज मिथुन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । स्वास्थ्यमा सुधार आउने छ । सामाजिक सङ्घ÷संस्था, चित्रकला, साहित्य, सङ्गीत, पत्रकार एवम् होटल व्यवसाय लगायतमा सङ्लग्न हुनुहुन्छ अथवा तपार्इं गाडी चालक हो भने निश्चित रूपमा आज फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने देखिन्छ ।

    कर्कट 

    आज कर्कट राशिका लागि आज र भोलि समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिस“ग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानीमात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला ।

    सिंह 

    आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छैन । आफ्नै व्यक्तिस“ग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबडी हुन सक्नेछ खानपानमा विशेष ध्यान पु¥याउनुहोला । चिसो, शूल–वायूको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।

    कन्या 

    कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको विचार विमशर्, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आनो व्यवसायबाट सोचे अनुसारको लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला ।

    तुला

    तुला राशि भएकाहरूका लागि आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा आफ्नो जीत हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ ।

    वृश्चिक 

    वृश्चिक राशि भएकाहरूका लागि आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ ।

    धनु 

    धनु राशिका लागि आज समय अत्यन्तै खराब छ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता, लेनदेन जग्गा जमीन सम्बन्धी कार्यमा विवाद, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् ।

    मकर 

    मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नया“ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नया“ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुनेछ । नया“ पुराना सबै मित्रसग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेन समेत फलदायी हुनेछ ।

    कुम्भ 

    कुम्भ राशिका लागि आज दैनिक कार्यबाट बञ्चित हुनुपर्ने छ । साताको शुरु र अन्त्य लोकापवाद, विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा सतर्क हुनुहोला ।

    मीन 

    मीन राशि भएकाहरूका लागि आज धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

    साइत 

    आज चन्द्रमा वृष राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

    आजको शुभ लाभादि बेला

    बिहान ५ः३९ बजेदेखि ७ः१५ बजेसम्म शुभ बेला
    बिहान ७ः१५ बजेदेखि ८ः५१ बजेसम्म रोग बेला
    बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म उद्धेग बेला
    बिहान १०ः२७ बजेदेखि १२ः०४ बजेसम्म चर बेला
    बिहान १२ः०४ बजेदेखि १ः४० बजेसम्म लाभ बेला
    दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म अमृत बेला
    दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म काल बेला
    दिउँसो ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म शुभ बेला

    यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    (नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - ०६:१९:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology