शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी नगरपालिकाद्धारा फोहोरमैला व्यवस्थापन तथा सरसफाई अभियानको शुभारम्भ

धुनिबेशी नगरपालिकाद्धारा फोहोरमैला व्यवस्थापन तथा सरसफाई अभियानको शुभारम्भ

शिवराज आचार्य

२, बैशाख २०७८
  • 9.8K
    SHARES
  • धुनिबेशी नगरपालिकाद्धारा फोहोरमैला व्यवस्थापन तथा सरसफाई अभियानको शुभारम्भ

    नौविसे,धादिङ । धादिङको धुनिबेशी नगरपालिका तथा हिमालयन वातावरण संरक्षण प्रा.लिको संयुक्त आयोजनामा सञ्चालित फोहोरमैला व्यवस्थापन तथा वातावरणीय जनचेतनामुलक सरसफाई अभियानको आज बैशाख २ गतेबाट  शुभारम्भ गरिएको हो ।

    images
    images

    IMG_1691.JPG
    त्रिभुवन राजपथको नौविसे चोकबाट नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, प्रमुख कार्यकारी अधिकृत हरिदत्त कंडेल,विभिन्न वडा अध्यक्षहरु, कर्मचारीहरु लगायतले झाडु लगाएर फोहोरहरु टिपेर यस अभियानकोे शुभारम्भ गरेका थिए ।

    IMG_1703.JPG
    “फोहोरमैलाको उचित व्यवस्थापनः संस्थागत अभियान”भन्ने नाराका साथ आजबाट यस अभियानको सुभारम्भ गरिएको नगरपालिकाले बताएको छ । नगरपालिकाले फोहोरमैलाको व्यवस्थापन गर्न हिमालयन वातावरण संरक्षण प्रा.लि सगं सम्भौता गरेर फोहोर मैलालाई सिसडोल (ल्याडफिल्ड) साईटमा विर्सजन गर्ने छ ।

    IMG_1687.JPG
    फोहोरमैला लिनको लागि नगरपालिको गाडी हप्तामा दुई पटक नागरिकका घर तथा व्यवसायमा उत्पन्न भएको फोहोर संकलन गर्न आउने नगरपालिकाले बताएको छ ।

    IMG_1672.JPG
    अभियानको शुुभारम्भ कार्यक्रममा बोल्नु हुँदै नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नरपालिकाले प्रतेक वर्ष नयाँ र नमुना कार्यक्रम ल्याउने गरेको बताउनु भएको छ । २०७८ सालको शुभारम्भमा फोहोरमैला व्यवस्थापनको काममा नगरपालिका लागि परेको उनको भनाइ छ । स्वास्थ्य जिवनका लागि वातावरण सुन्दर र सफा हुनु पर्ने भएका कारण पनि नगरपालिकाले हिमालयन वातावरण संरक्षण सग्र सहकार्य गरेर फोहोरमैला व्यवस्थापनमा जुटेको बताउनु भएको छ ।

    IMG_1709.JPG
    अभियान भोलि धार्के बजार, नौविसेको सिम बजार र खानिखोखा बजार हुँदै पिपलाको मोड सम्म जाने नागरपालिकाले बताएको छ । नगरपालिकाले यस अभियानमा सहभागी हुन् सम्पुर्ण नगरबासीलाई आग्रह समेत गरेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - १७:१९:१५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology