काठमाण्डौं । भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान पौने ११ बजे भक्तपुर नगरपालिका १ चुनदेवीस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको प्र-३-०२-००१ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।
दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। घाइते भएका बाँकेको नेपालगंज घर भई काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सुर्य ओली र भोजपुर चौकीडाडा गाउँपालिकाका १८ वर्षीय सुमन गिरीलाई मध्यपुर ठिमी अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनीहरूको सवा १२ बजे मृत्यु भएको उनले बताएका छन्।