शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित

नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित

नागरिक पाटी

७, बैशाख २०७८
  • 7.0K
    SHARES
  • नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित

    धादिङ । नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो ।

    images
    images

    नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो ।

    नेदरल्यान्ड्सविरुद्ध नै टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका कुशल भुर्तेल लगातार तेस्रो अर्धशतक खेलेका छन् । यस अर्धशतकसँगै उनी टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्युसँगै लगातार तीन अर्धशतक बनाउने विश्वका पहिलो खेलाडी बनेका छन् ।

    जीतसँगै नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । नेपालको भने यो पहिलो हार हो । नेपालले ३ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । २ खेलमा अंक विहीन मलेसिया पुछारमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - २१:०३:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology