काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बिहीवार समूह चरणको अन्तिम खेल हुँदैछ । समूह चरणको अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ ।
नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल यो खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया यो खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ । (हिजो) बुधवार मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिएसँगै नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगेका हुन् ।