शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका बालमैत्री अभियान सुरु गर्दै

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका बालमैत्री अभियान सुरु गर्दै

शिवराज आचार्य

१२, बैशाख २०७८
  • 8.5K
    SHARES
  • धादिङको त्रिपुरासुन्दरी गाउँपालिका बालमैत्री अभियान सुरु गर्दै

    सल्यानटार धादिङ । बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि त्रपुरासुन्दरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष शम्भु थापाले बताएका छन् ।

    images
    images

    त्रिपुरासुन्दरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै थापाले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकार र शारीरिक ,मानसिक , संवेगात्मक र शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य गर्ने बेला आएको बताएका छन् ।


    अध्यक्ष शम्भु थापाले त्रिपुरासुन्दरी गाउँपालिका बालमैत्री स्थानीय शासनको ३९ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताएका छन् । गाउँपालिका अध्यक्ष शम्भु थापाले उक्त कुरा बाल बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला समापनको अवसरमा बताउनु भएको हो । अभिमुखिकरण कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापा , उपाध्यक्ष देबी पाण्डे , प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ईटनी, वडाध्यक्षहरु ,गाउँ कार्यपालिकाका पदाधिकारीहरु, सरोकारवाला निकायहरु माध्यमिक बिद्यालय प्रधानाध्यापकहरु, सहकारी , बालसमुह, सुरक्षा निकायका प्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका , सामुदायिक संगठनका प्रतिनिधिहरु सहित ६५ जनाको सहभागी बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि २ दिने अभिमुखिकरण कार्यशाला शनिबार सम्पन्न भएको हो ।

    सरोकारवालाहरुको बालमैत्री अवधारणा सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार , टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक २ दिने कार्यशाला गरिएको हो । कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि निति ,कार्य विधि निर्माण ,कार्यान्वयनका खुड्किलाशरु,२७ वटा सेवाप्रवाह र १२ संस्थागत सुचकहरु,सुचकहरुको सरलिकण,आचार संहिता निमार्ण , बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेश अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको त्रिपुरासुन्दरी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले जानकारी दिनु भयो ।


    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देबी पाण्डे ,बालसमुहका प्रतिनिधि ,बिद्यालय प्रधानाध्यापक लगायतले पालिकामा बालबालिकाको अवस्था र गर्नु पर्ने कार्यको बारेमा सुझाव राख्नु भएको थियो । बालमैत्री स्थानीय शासन पालिका तथा वडा स्तरीय समिति गठन , बालमैत्री शाखा स्थापना गरि सम्पर्क व्यक्ति तोक्ने , आचारसहिता तयारी र छपाई गरि वितरण गर्ने , लगानी योजना निर्माण गर्ने , बालमैत्री स्थानीय शासन अबलम्बनको लागि सामुदायिक तथा नागरिक संगठन परिचालन लगायतका कार्यहरु गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत रनमचन्द्र ईटनीले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - ०७:४१:०९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology