काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा प्रति विपक्षी दल नेपाली कांग्रेसले आश्चर्यता व्यक्त गरेको छ। अविश्वासको प्रस्ताव संसद्मा टेबुल हुने संसदको पहिलो बैठक सुरु नहुँदै पोखरेलले राजीनामा दिएका छन्।
राजीनामा पछिको रणनीति बनाउन विपक्षी दलको बैठक बस्ने कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले जानकारी दिए। पार्टी भित्रको आन्तरिक विवादले फ्लोर क्रस आशंकाले पनि पोखरेलले राजीनामा दिएको उनको आँकलन छ।