रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । जिल्लामा कोभिड(१९ को सङ्क्रमण बढ्दै गएको भन्दै कोरोना सङ्क्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले बताउनुभयो ।
यस्तै कार्यालयले नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण, सङ्घसंस्था र पत्रपत्रिका दर्ता तथा नवीकरण, राहदानी वितरण, राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण र अन्य अत्यावश्यक सेवाहरू स्थगित गरेको हो । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ३३ पुगेको छ।