शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा २८ हजार सक्रिय संक्रमित

बागमती प्रदेशमा २८ हजार सक्रिय संक्रमित

नागरिक पाटी

२१, बैशाख २०७८
  • 8.5K
    SHARES
  • बागमती प्रदेशमा २८ हजार सक्रिय संक्रमित

    काठमाण्डौँ । बागमती प्रदेशमा २८ हजार ८९ जना कोभिडको सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा १४ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । काठमाडौंमा ७, ललिपुर १, चितवन ३ र धादिङमा १ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    images
    images

    यस्तै प्रदेशमा ४५ सय ७८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै काठमाडौंमा २७ सय ७९ र सबैभन्दा कम रसुवामा ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका कोभिड प्रवक्ता डा। पुरुषोत्तमराज सेढाईको भनाई छ ।

    प्रदेशमा ३३२ जना आइसियू र १ सय ३६ जना भेन्टिलेटरमा अहिले उपचाररत छन् । प्रदेशमा २५ हजार ४ सय ९ जना होम आइसोलेसनमा बसेका छन् भने २२ सय १२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - २१:१८:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology