आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सही बाटाे

सही बाटाे

नागरिक पाटी

२५, बैशाख २०७८
  • 13.0K
    SHARES
  • सही बाटाे

    सही बाटाे (लघुकथा)

    images

    सरण राई

    ''हामी सर्वकालिक बिजेता बन्न हिँडिरहेका थियाैँ र छाैँ । हामीभन्दा बलियाे सिंह बाघ भालु हात्ती जस्ता जानवरहरूलाई जित्याैँ र सखाप पार्याैँ । प्रकृतिकाे रहस्य खाेज्ने र प्रकृतिलाई परास्त गरेर दिग्विजयकाे दुन्दुभि बजाउन निरन्तर युध्दमा हिँडिरहेका छाैँ ।''
    ''तपाईँकाे छायावादी कुरा ... बुझ्नै नसकिने ...।''

    ''पूरा भनिसकेपछि बुझिन्छ ।''
    ''अँ, उसाेभए पूरा भन्नुहाेस् ।''

    ''गुफा जङ्गली युगमा सबै जानवरहरू जितेर कृषि औध्धाेगिक र याे वर्तमान युगमा आइपुगेका हामी सर्वशक्तिमान, सर्वज्ञ र सर्वबिजेता भएकाे भ्रममा रहेकाे तथ्य याे काेराेना काेविद १९ ले पाँच महिनाकाे छाेटाे अवधिमा नै पुष्टि गरेकाे छ । हामीसित पृथ्वी सैयाैपल्ट ध्वस्त पार्ने आणविक हतियार क्षेप्यास्र छन् तर याे भाइरससँग लड्ने कुनै साधन छैन । गलत उन्नति, गलत प्रगति ! गलत बाटाेकाे अवलम्बन ! मिठ्या अहङ्कार मानव जातिकाे ।

    हामीले हाम्राे विवेक बुध्दि तागत वर्कत गलत कार्यमा केन्द्रित गरेकाे तथ्य अहिले पुष्टि भइरहेछ । नेतृत्व गलत नेतालाई सुम्पेकाले गलत बाटाेमा हिँडाएछन् । पूर्व उज्यालाेतर्फ लाग्नुपर्नेमा पश्चिम अँध्याराेतर्फ लागेकाे थाहा पाउदा पनि नेतृत्व अझै सजग नहुँनाले सर्वसाधारण आम मान्छे जाग्ने बेला आएकाे सन्देश काेराेनाले दिइरहेछ ।

    बाटाे बिराएका मानव जातिले बाटाे बदलिएन भने सम्पूर्ण मानव संहार हुन सक्ने सन्देश काेराेनाले दिइरहेछ ।
    गलत राजनीति- गलत बाटाे !

    उन्मत्त सन्की नेता र नेतृत्व युध्दउन्मादि हुन नदिन, सर्वजनहिताय नयाँ दर्शन सिध्दान्त विचार आचार साधा जीवन पध्दति अनुशरण गर्न, असल मानिसकाे नेतृत्वमा असल राजनीति आरम्भ गर्न र गलत बाटाेबाट फनक्कै फर्केर नयाँ विश्व भाइचाराकाे नयाँ बाटाेमा लाग्न, प्रकृतिलाई स्वाभाविक प्राकृतिक अवस्थामा रहन दिन (सावधानीस्वरूप) अनमाेल सन्देश काेराेनाले दिइरहेछ ।

    यी कुराहरू अन्धसमर्थक विवेकहीन पिछलग्गुहरूबाट सम्भव हुँदैन । सबै सर्वसाधारण आमान्छेहरूकाे एकता सक्रियताले मात्र याे सम्भव छ ।
    सही बाटाेतर्फ युगलाई फर्काउनका लागि युगसापेक्ष सन्देश काेराेनाले दिइरहेछ ।''

    राईका अन्य कथाहरु पढ्न यहाँ क्लिक गर्नुहोस्

     

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - १२:४६:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology