शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सामूहिक राजीनामा नदिन प्रधानमन्त्रीको आग्रह, पार्टी एकताको पक्षमा उभिन अपिल

सामूहिक राजीनामा नदिन प्रधानमन्त्रीको आग्रह, पार्टी एकताको पक्षमा उभिन अपिल

नागरिक पाटी

२६, बैशाख २०७८
  • 6.1K
    SHARES
  • सामूहिक राजीनामा नदिन प्रधानमन्त्रीको आग्रह, पार्टी एकताको पक्षमा उभिन अपिल

    काठमाण्डौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन्। माधव नेपाल समूहले राजीनामा तयारी गरिरहेका बेला आइतवार एक प्रेस वक्तव्य निकालेर ‌ओलीले पार्टी एकताको पक्षमा उभिन अपिल गर्दै कसैलाई काखा-पाखा नगर्ने बताएका हुन्।

    images
    images

    उनले नेता कार्यकर्तालाई बलियो एमाले बनाउने महाअभियानमा सरिक हुन आग्रह गर्दै व्यक्तिगत स्वार्थ र अहंकार त्याग्न आग्रह गरेका छन् । ुकतिपय नेताहरुमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छु, उनले भनेका छन्, "पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन उचित हुँदैन।"

    ओलीले भोलिको विश्वासको मतबारे लक्षित गर्दै केही व्यक्तिहरु विरोधीहरूको स्वार्थलाई मलजल गर्न लागेको पनि गुनासो गरेका छन्। "आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीका स्वार्थमा मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी-गराई आफ्नो राजनीतिक जीवन समाप्त गरेर पार्टीलाई पछार्ने जस्ता हानिकारक प्रयास भइरहेका छन्", उनले भनेका छन्।

    उनले पार्टीमा विरोधीहरुलाई जिताउने गरी केही घातक र दुस्खद गतिविधि भइरहेको पनि उल्लेख गरेका छन्। "कुनै पनि तहमा पार्टीका सरकारलाई ढालेर विरोधीहरूको दिग्विजय गराई उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरू देखा परेका छन्", उनले भनेका छन्, "यस्ता क्रियाकलापमा संलग्नलाई इतिहासले माफ गर्ने छैन। त्यस्ता कर्ममा जानी नजानी कुनै हिसाबले संलग्‍न नहुन आग्रह गर्दछु।"

    CPN-UML.jpg

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १८:३८:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology