शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

केपी ओली केही बेरमा ४२ औँ प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोली

केपी ओली केही बेरमा ४२ औँ प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोली

नागरिक पाटी

३०, बैशाख २०७८
  • 6.6K
    SHARES
  • केपी ओली केही बेरमा ४२ औँ प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोली

    काठमाण्डौं । केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्ती हुने भएका छन् । उनलाई संसदको सबैभन्दा ठूला दलको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गर्न लागेकी हुन् ।

    images
    images

    उनलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त गर्नेछिन् । प्रधानमन्त्रीमा नियुक्त भएका अ‍ोलीको भोली नै शपथ ग्रहण हुने स्रोतले जानकारी दिएको छ ।


    गत सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि बहुमत जुटाउन तिन दिनको समय दिएकी थिइन् ।

    तिन दिनको समयमा विपक्षी दलहरुले बहुमत जुटाउन नसक्दा केपी ओली नै संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - २१:२३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology