धादिङ । आज जिल्लाभर थप १९ संक्रमित डिस्चार्ज भएसँगै संक्रमण मूक्त हुनेको सङ्ख्या १६५० पुगेको छ । त्यस्तै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको बेनिघाट रोराङ गाउपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यससँगै जिल्लामा सक्रिय केश ९१३ पुगेको छ । संक्रमित मध्ये ६८६ जना जिल्ला भित्र र २२७ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ५८८ पुगेको छ । कोरोना कारण थप २ जनाको मृत्यु भए संगै जिल्लाको मृत्यु संख्या २५ पुगेको छ ।