धार्के, धादिङ । धादिङको गल्छि गाउँ पालिकाले अक्सिजनसहित २६ बेडको कोभिड -१९ आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । गाउँ पालिकाले वडा न ७ डलटारस्थित नमुना बागवरी बहुमुखी क्याम्पसको भवनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

आइसोलेसन सेन्टरमा २ जना कोभिड- १९ संक्रमितहरुको आजबाट उपचार सुरु भएको वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्टले जानकारी दिनु भएको छ ।
आइसोलेसन सेन्टरमा डा.सहितको सेवा रहेको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले होम आइसोलेसनमा बसेका नागरिकहरुमा अक्सिजनको कमि भएमा आइसोलेसन सेन्टरमा राखेर सेवा दिने बताएको छ ।