धादिङ । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ।
तीमध्ये एक हजार ९६९ जनाको मृत्यु बितेको डेढ महिनामा भएको हो। कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्युदर निकै बढेको छ। अघिल्लो वर्ष बढीजसो ६० वर्षमाथिकाको मृत्यु भएकोमा यसपटक भने युवा तथा बालबालिकाले पनि ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ३७.०५ प्रतिशत रहेको छ। त्यस अवधिमा परीक्षण भएका १९ हजार ८ सय ८३ नमुनामध्ये ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एक साताअघिको तुलनामा संक्रमणदर ८ प्रतिशतले घटेको छ। आजको नागरिक दैनिकमा खबर छ ।