धार्के, धादिङ । धादिङको थाक्रे गाउँपालिका भित्र संचालनमा रहेका एम्बुलेन्स चालकहरूको सुरक्षाको लागि गाउँपालिकाले सुरक्षा सामाग्री वितरण गरेको छ ।
सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले आज एम्बुलेन्स चालकहरू प्रभावकारी रुपमा २४ सैं घण्टा सेवा दिन आग्रह गर्नु भयो ।
कोभिडको बिरामी बोक्न छल्ने ढाँट्ने गरेको पाईएकोले तेसो गरेमा आवश्यक कारवाही हुने तर कोभिडको बिरामी बोकेमा भने प्रोत्साहन र सम्मान स्वरुप प्रति बिरामीको रुं ५०० गाृँपालिकाले थपिदिने बताउनु भएको छ ।
त्यस्तै गाउँपालिकाले १५ दिन अघिबाट सिम्ले महाकाली क्याम्पसमा अक्सिजन सहितको आइसोलेसन सञ्चालन गरिरहेकाले समस्या परेमा नआतिन अनुरोध गर्नुभएको छ ।
बिरामीलाई समस्या परेका बिरामीको लागि घरघरमा नै अक्सिजन पुर्याउने सेवा पनि पालिकाले गरिरहेको बताएका छन् । पालिकाको बोलेरो गाडी दिन रात अक्सिजन भरेर ल्याउने र जनताको घरघरमा पुर्याउने काममा खटिरहेको अध्यक्ष आचार्यको भनाई छ । ।
यो संकटको घडीमा समाजका सम्पुर्ण तह तप्काका महानुभावहरुले हातेमालो गर्दै अगाडि बढ्न अध्यक्ष आचार्यले अनुरोध समेत गर्नु भएको छ ।