शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन आज

बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन आज

नागरिक पाटी

६, जेठ २०७८
  • 10.8K
    SHARES
  • बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन आज

    हेटौडा । बागमती प्रदेश अन्तरगत राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

    images
    images

    उपनिर्वाचनमा नेकपा(एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) लगाएतको विपक्षी गठबन्धनबाट साझा उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै छन् । देवकोटालाई एमालेको माधव नेपाल समुहको पनि साथ रहेको छ । यद्यपी निर्वाचनमा माधव समुहले कसलाई मतदान गर्छ त्यो भने निकै चासोको विषय बनेको छ ।

    उपनिर्वाचनमा भाग लिनका लागि मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिने भनिएको भएपनि हाल रिपोर्ट नचाहिने भएको छ । कोरोना संक्रमित मतदाताको लागि अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

    उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता रहेका छन् । निर्वाचनका लागि तीनवटा केन्द्र तोकिएका छन् ।
    भुटनदवी माविमा प्रदेश सभा सदस्यका लागि (क), अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुखका लागि (ख)र कोभिड–१९ संक्रमितका लागि (ग) गरी तीनवटा मतदान केन्द्र तोकिएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - ०८:०५:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology