शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु

वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु

नागरिक पाटी

६, जेठ २०७८
  • 6.2K
    SHARES
  • वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु

    मकवानपुर — राष्ट्रियसभा सदस्य पदका लागि वाग्मती प्रदेशमा विहीबार भएको मतदानपश्चात् मतगणना सुरु भएको छ । विहान नौ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । निर्वाचन आयोगका अनुसार साढे ४ बजेबाट मत गणना सुरु भएको हो । साँझ ६ बजेसम्म मतगणा सकिने बताइएको छ । आयोगका अनुसार राष्ट्रियसभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गरेनन् ।

    images
    images

    वाग्मतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका छन् । ११० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको छ । स्थानीय तहतर्फ पाँचजनाले भोट दिएनन् । निर्वाचन आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए । जसमा २३३ जना मतदानमा सहभागी भएका हुन् ।

    राष्ट्रिय सभाका लागि एमालेका रामबहादुर थापा बादल र स्वतन्त्र हैसियतमा डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । स्वतन्त्र भनिएका देवकोटालाई माओवादी–कांग्रेसको समर्थनमा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले संरक्षण दिएका छन् । नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङको समेत उम्मेदवारी रहेको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १७:२२:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology