शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर गर्मी बढ्यो, भोलिदेखि मौसम बद्ली हुने

देशभर गर्मी बढ्यो, भोलिदेखि मौसम बद्ली हुने

नागरिक पाटी

१०, जेठ २०७८
  • 13.9K
    SHARES
  • देशभर गर्मी बढ्यो, भोलिदेखि मौसम बद्ली हुने

    धादिङ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हिजो काठमाण्डौको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको थियो भने तराईका जिल्लामा ३७ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको थियो । आज काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

    images
    images

    नेपालगञ्ज र दिपायलको तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियस पुग्ने अनुमान छ । यस्तै, धनगढीको तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियससम्म,वीरेन्द्रनगरको ३२ देखि ३४, दिपायलको २९ देखि ३१ डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो, अस्ति र आज गर्मी बढे पनि भोलिदेखि फेरि मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

    बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र चक्रवातमा परिणत हुने र यसको असर नेपालमा समेत पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यो प्रणालीका कारण भोलि दिउँसोपछि देशका धेरै ठाउँमा सामान्यदेखि पूर्ण बद्ली भइ वाग्मती प्रदेश र प्रदेश-१ का हिमाली र उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षाको सम्भावना छ ।

    यस्तै, हिमाली क्षेत्रमा हावाहुरीसमेत हुन सक्ने सम्भावना रहेकाले भोलिदेखि केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसम अनुसार सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - ०८:२९:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology