काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन दिनुभएको छ ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेशअनुसार प्रधानमन्त्री अध्यक्ष रहनुभएको कोभिड–१९ निर्देशक समितिको मङ्गलवार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि काम गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रणसम्बन्धी र सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताको समाधान गरेको भन्दै कोभिड–१९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।
बरालका अनुसार खोपको उपलब्ध गर्नुपर्नेमा जोड प्रधानमन्त्रीले जोड दिनुभएको छ ।