धादिङ । विश्व स्वास्थ्य संगठनले पछिल्लो समय नेपालमा देखिएको कोभिड-१९ को नयाँ प्रजातिको भाइसरलाई नाम दिएको छ । नेपालमा भारतीय भेरियन्ट फैलिएकाले यसको नाम (डेल्टा) दिएको हो । बेलायत, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई नाम दिएको थियो ।
भारत सरकारले अक्टोबरमा सबैभन्दा पहिले एकिन गरिएको B.1.617.2 भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको छ ।