शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपाल धादिङको उदाहरणिय काम, थाक्रे गाउँपालिकालाई करिव ९ लाखको स्वास्थ्य सामग्री प्रदान

सिड्स नेपाल धादिङको उदाहरणिय काम, थाक्रे गाउँपालिकालाई करिव ९ लाखको स्वास्थ्य सामग्री प्रदान

शिवराज आचार्य

२१, जेठ २०७८
  • 11.5K
    SHARES
  • सिड्स नेपाल धादिङको उदाहरणिय  काम, थाक्रे गाउँपालिकालाई करिव ९ लाखको स्वास्थ्य सामग्री प्रदान

    धादिङ । धादिङको थाक्रे गाउँपालिकालाई सामाजिक कार्यमा क्रियाशिल संस्था चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    images
    images

    IMG_0350.JPG

    कोरोना भाईरसको दोस्रो लहरको संक्रमण रोकथाम तथा उपचारमा सहयोग पुर्याउने उदेश्यले सिड्स नेपाल धादिङले सहयोग गरेको हो। युनाइटेड मिसन टु नेपाल काठमाडौंसँगको साझेदारीमा सिड्स नेपालले थांक्रे गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराएको सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।

    t.jpg

    आज शुक्रबार एक कार्यक्रमका बीच सिड्स नेपालका कार्यकारी निर्देशक रुपाखेतीले थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आर्चायलाई १८ वटा सर्जिकल बेड, पिपि सेट २२ वटा, अक्सिमिटर ४० सेट, थर्ममिटर वाटर डिस्पेन्सर १२ वटा, सर्जिकल मास्क २००० थान , १५० थान औषधी, के–एन मास्क, सेनिटाइजर २० लिटर, ३३ ह्यान्ड टावल लगाएतका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । संस्थाले ८ लाख ८५ हजार रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको रुपाखेतीको भनाइ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - १९:०६:२९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology