हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेशको नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएको छ । नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएको हो ।
एमाले संसदीय दलका मुख्य सचेतक दिपक निरौलाका अनुसार बैठकमा मुख्यमन्त्री पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका हुन् ।
बैठकले कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रूपमा माफी माग्नुपर्ने निश्कर्ष निकालेको निरौलाको भनाई छ ।