शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेद्धारा वाग्मती प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति प्रति खेद प्रकट

एमालेद्धारा वाग्मती प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति प्रति खेद प्रकट

नागरिक पाटी

२९, जेठ २०७८
  • 7.0K
    SHARES
  • एमालेद्धारा वाग्मती प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति प्रति खेद प्रकट

    धादिङ । नेकपा एमालेले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति आपराधिक भएको बताएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर वैद्यको भनाइको भर्त्सना गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

    images
    images

    वैद्यको भनाइ फौजदारी कानुन आकर्षित हुने खालको भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । यस अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय देशको फौजदारी कानुनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ ।’

    प्रवक्ता ज्ञवालीले यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत ध्यानाकर्षण गराउनुभएको छ । वैद्य नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य हुनुहुन्छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १२:२१:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology