शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

नागरिक पाटी

२९, जेठ २०७८
  • 6.5K
    SHARES
  • बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नेकपा एमालेको दुवै पक्षका सांसदहरुले नीति तथा कार्यक्रमलाई समर्थन गरेका थिए ।

    images
    images

    यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरु नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन गरेनन् ।

    नीति तथा कार्यक्रममाथि राप्रपाका दुई सांसद तटस्थ बसेका थिए । यससँगै बागमती प्रदेश सरकारको चौंथो नीति तथा कार्यक्रम बहुमतले पास भएको छ ।
    यसअघि आजै बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरुलाई निर्देशन दिएका थिए ।

    बागमतीमा हाल सभामुखसहित १०९ सांसद मध्ये ५६ जना नेकपा एमालेका रहेका छन् । प्रदेशसभामा अब असार एक गते बजेट आउने छ । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १४:३४:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology