शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

नागरिक पाटी

२९, जेठ २०७८
  • 8.3K
    SHARES
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

    काठमाण्डौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    images
    images

    मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।

    पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । गुरुङले पनि आज मुख्यमन्त्रीमा दाबी पेश गरेपछि अन्योल उत्पन्न भएको थियो । यद्यपि, प्रदेश प्रमुखले गुरुङको दाबीलाई अस्वीकार गर्दै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    गण्डकीको नयाँ मुख्यमन्त्री पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । २००६ साल मंसिरमा जन्मिएका पोखरेल ७१ वर्ष पुगेका छन् । उनी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् भने उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

    पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनले नामपछाडि ‘नेपाली’ लेख्ने गरेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

    २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गर्दै पोखरेल गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १८:०७:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology