शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा २८२८ जनामा कोरोना संक्रमणपुष्टि, ३०८२ जना संक्रमणमुक्त

नेपालमा २८२८ जनामा कोरोना संक्रमणपुष्टि, ३०८२ जना संक्रमणमुक्त

नागरिक पाटी

२, आषाढ २०७८
  • 7.1K
    SHARES
  • नेपालमा २८२८ जनामा कोरोना संक्रमणपुष्टि, ३०८२ जना संक्रमणमुक्त

    धादिङ । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो समय परिक्षणको दायरा घटेसंगै संक्रमितको संख्या घटेको हो। बुधबार थप २ हजार ८२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    images
    images

    देशभरका प्रयोगशालाबाट ८ हजार ६८७ जनाको पीसीआर गर्दा २ हजार १४ जना र ४,३३५ जनाको एन्टिजिन परिक्षणमा ८१४ गरी कुल २ हजार ८२८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ। यस्तै एक साता यता कोरोना भाइरस सङ्क्रमितको निको हुने दर बढ्दै गएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना निको भएसँगै नेपालमा सक्रिय केश ६३ हजार २५७ जनामा आईपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख ४३ हजार ५२१ पुगेको छ ।

    कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८८ दशमलब ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५२ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ५५८ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २, २०७८ बुधवार - १८:४२:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology