शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेको सेरापाखामा आगामी आर्थिक वर्ष भित्रै सरस्वतीको मूर्ति र भाषा संग्रहालय निर्माण सम्पन्न गरिने

थाक्रेको सेरापाखामा आगामी आर्थिक वर्ष भित्रै सरस्वतीको मूर्ति र भाषा संग्रहालय निर्माण सम्पन्न गरिने

आशिष ठकुरी

४, आषाढ २०७८
  • 21.6K
    SHARES
  • थाक्रेको सेरापाखामा आगामी आर्थिक वर्ष भित्रै सरस्वतीको मूर्ति र भाषा संग्रहालय निर्माण सम्पन्न गरिने

    धादिङ । धादिङको थाक्रे ९ सेरापाखामा आगामी आर्थिक वर्ष भित्रै सरस्वतीको मूर्ति निर्माण र भाषा संग्राहलय निर्माण हुने भएको छ । शुक्रबार आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले सरवतीको मूर्ति र भाषा संग्रहालय निर्माण सम्पन्न गरिनुका साथै उक्त स्थानमा पार्क निर्माणको कार्य प्रारम्भ गरिने बताउनुभएको हो ।

    images
    images

    यस्तै वार्ड न. ३ को भुमिचुलिमा ध्यान गरिरहेको शिवको मुर्ति निर्माण र ३ न. मा नै बुद्धको मुर्ति एवं गुम्बा निर्माणको कार्य शुभारम्भ गरिने पनि जनाईएको छ ।

    thakre 1.JPG

    कार्यक्रममा सास्कृतिक विविधता र भौगोलिक सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य स्थलको सम्भावना भएका दामेचौर, पोखरीचौर लगायतका स्थानमा पर्यटकीय पुर्वाधार निर्माण गर्ने र उक्त स्थानमा होम स्टे संचालनका लागि प्रोत्साहन गरिनेछ । साथै भूमिचुली, पोखरी चौर, रानी झरना, थाम भञ्न्याङ, गणेश चौर लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ बताईएको छ ।

    निती तथा कार्यक्रममा गाउँपालिका क्षेत्रभित्र रहेको ऐतिहासिक धार्मिक तथा सास्कृतिक सम्पदालाई संरक्षण गर्दे पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने पनि जनाईएको छ ।

    thakre.JPG

    आ.ब.२०७८-०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष आचार्यले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन, कोभिड १९ को प्रभावबाट शिथिल भएको अर्थतन्त्रको पुर्नरउत्थान, कृषिको आधुनिकीकरण, व्यवसायिकरण, र बजारीकरण, कृषि उत्पादन एवम् उत्पादकत्व अभिवृद्धि मार्फत खाद्य सुरक्षाको प्रत्याभूति, शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्वका पूर्वाधार निर्माण (सडक सुधार) लगायत नै प्राथमिकताका क्षेत्र रहेको बताउनुभएको छ ।

    नागरिकपाटीको भिडियो सामाग्री हेर्नुहोस्..

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - १५:५६:०९ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology