शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा ६६ जना कोरोना संक्रमणमुक्त, २३ जनामा कोरोना संक्रमण

धादिङमा ६६ जना कोरोना संक्रमणमुक्त, २३ जनामा कोरोना संक्रमण

नागरिक पाटी

९, आषाढ २०७८
  • 5.3K
    SHARES
  • धादिङमा ६६ जना कोरोना संक्रमणमुक्त, २३ जनामा कोरोना संक्रमण

    धादिङ । स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांकअनुसार आज २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६६ जना कोरोनामुक्त भएका छन् ।

    images
    images

    आज थाक्रेका ८, रुवीभ्यालिका ४, गंगाजमुनाका ३, धुनिबेशीका २, बेनिघाट रोराङका २, त्रिपुरासुन्दरीका २, गल्छीका १, सिद्धलेकका १ जना गरी आज जिल्लामा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमित सबैको एन्टिजेन परिक्षणमा पोजिटिभ देखिएको हो । संक्रमित मध्ये ७५९ जना जिल्ला भित्र र ६९ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।

    यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ५४० पुगेको छ । आज जिल्लाभर थप ६६ जना डिस्चार्ज भएसँगै हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार ५६ पुगेको छ भने सक्रिय केश ८२८ रहेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा ११, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ७१९ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १९ र होम आइसोलेसनमा ५० जना रहेका छन्। संक्रमणका कारण जिल्लामा हालसम्म ७२ जनाको मृत्यु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - १८:३७:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology