शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ५४ सय ५५ जना संक्रमणमुक्त, २ हजार ४७६ जनामा संक्रमण

नेपालमा थप ५४ सय ५५ जना संक्रमणमुक्त, २ हजार ४७६ जनामा संक्रमण

नागरिक पाटी

११, आषाढ २०७८
  • 5.0K
    SHARES
  • नेपालमा थप ५४ सय ५५ जना संक्रमणमुक्त, २ हजार ४७६ जनामा संक्रमण

    धादिङ । नेपालमा आज नयाँ संक्रमित भन्दा निको हुनेको सङ्ख्या दोब्बर रहेको छ । आज २ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि हुदाँ ५ हजार ४५५ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    देशभरका प्रयोगशालाबाट ९ हजार ५८६ जनाको पीसीआर गर्दा १७ सय २१ जना र ४,७६५ जनाको एन्टिजिन परिक्षणमा ७५५ गरी कुल २ हजार ४७६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख ६१ हजार ८४१ पुगेको छ। यस्तै सङ्क्रमितको निको हुने दर बढ्दै गएको छ ।

    नेपालमा सक्रिय केश ४५ हजार ७९४ जनामा आईपुगेको छ भने देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख ७६ हजार ४१३ पुगेको छ ।

    कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९१ दशमलब ३ प्रतिशत रहेको छ । संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ९४५ पुगेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा १०,संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ६४२ रहेका छन्।जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ जना रहेका छन् ।

    संक्रमणका कारण जिल्लाम हालसम्म ७३ जनाको मृत्यु भएको छ । आज सिद्धलेकमा ३५ र धादिङ अस्पतालका १४ गरी जिल्ला भित्र ४९ स्वाब संकलन भएको छ भने आज ६७ जनाको एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - १८:५०:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology