शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकाको निषेधाज्ञा केही खुकुलो, भोलिदेखि बस जोरबिजोर चल्न पाउने

उपत्यकाको निषेधाज्ञा केही खुकुलो, भोलिदेखि बस जोरबिजोर चल्न पाउने

नागरिक पाटी

१४, आषाढ २०७८
  • 6.5K
    SHARES
  • उपत्यकाको निषेधाज्ञा केही खुकुलो, भोलिदेखि बस जोरबिजोर चल्न पाउने

    काठमाडौं । भोलिदेखि उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस जोर बिजोर प्रणालीका आधारमा स्वास्थ्यका मापदण्ड पालना गरेर चल्न पाउनेछन् ।

    images
    images

    सामेबार उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्दै उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको हो। बसमा सेनिटाइजर अनिवार्य राख्नुपर्ने, सिटमा यात्रुको दूरी राखी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    यसैगरी, बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत व्यवसाय समय तोकेर यस अघि खुलाउन दिइएको थियो ।किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् । निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्दै आएका छन् । विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ ।

    पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

    थप निषेधाज्ञामा सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भीडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १८:३६:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology