शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज केही ठाउँमा भारी वर्षाको सम्भावना, भोलिदेखी मनसुन सक्रिय हुने

आज केही ठाउँमा भारी वर्षाको सम्भावना, भोलिदेखी मनसुन सक्रिय हुने

नागरिक पाटी

१५, आषाढ २०७८
  • 10.6K
    SHARES
  • आज केही ठाउँमा भारी वर्षाको सम्भावना, भोलिदेखी मनसुन सक्रिय हुने

    धादिङ । आज मुलुकका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा तनहुँ स्थित बिमलनगर बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    आगामी बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने मौसम विभागले जनाएको छ । भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी रधेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    उक्त प्रदेशहरुको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागको भनाई छ । विभागले यस्ता क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७८ मंगलवार - ०७:५८:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology