शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पुथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध

पुथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध

शिवराज आचार्य

१७, आषाढ २०७८
  • 8.2K
    SHARES
  • पुथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध

                                                              फाइल तस्वीर
    धादिङ । पुथ्वी राजमार्गको मलेखु-मुग्लिन सडकखण्डमा लेदोसहित पहिरो खसे पछि राजमार्ग अवरुद्ध भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोगिमाराको हेटौडा सिमेन्ट खानी तिक्राङ खानीको लेदो राजमार्गमा खसे पछि अहिले राजमार्ग अत्ररुद्ध रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । लगातार पानी परिरहेका कारण लेदो हटाउन नसकिएको प्रहरीले बताएको छ ।
    त्यस्तै नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र अन्य ४ ठाउँमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पाँचकिलोको पहिरो बिहान २ः१० बजे खसेको हो । पहिरो गएको क्षेत्रमा निरन्तर पानी परिरहेको उहाँले बताएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - ०८:१८:०८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology