शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर मनसुनी वायु सक्रिय, अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायु सक्रिय, अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नागरिक पाटी

१८, आषाढ २०७८
  • 5.0K
    SHARES
  • देशभर मनसुनी वायु सक्रिय, अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    धादिङ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू-भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images


    महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। उक्त प्रदेशको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे, खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायत क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति पनि यही मौसमी प्रणाली कायम रहनेछ। आज काठमाडौँ उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ।

    शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज काठमाडौँको अधिकतम २४ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्रि सेल्सियस छ। गत २४ घण्टामा काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ। सबैभन्दा धेरै विराटनगरमा ८९ दशमलव ९, सिमरामा ६२ र भैरहवामा ५७ मिलिमिटर वर्षा भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - १७:००:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology