आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जिल्ला प्रशासन कार्यालय धादिङको सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध

जिल्ला प्रशासन कार्यालय धादिङको सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध

नागरिक पाटी

२१, आषाढ २०७८
  • 13.8K
    SHARES
  • जिल्ला प्रशासन कार्यालय धादिङको सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध

    विगत केही दिनदेखि धादिङ जिल्लाका थुप्रै बजार क्षेत्रहरूमा बजार अनुगमनको क्रममा अधिकांश पसलहरूमा म्याद गुज्रिएका बिस्कुट, पेय पदार्थ (सफ्ट ड्रिंक्स), तेल, चकलेट, गहुँको पिठो लगायतका सामग्रीहरू भेटिएको र खरिदकर्ताले समेत मिति र लेबल नहेरी खरिद गर्ने गरेको पाइएकोले उपभोक्ता वर्गको सचेतनाको लागि निम्न अनुरोध गरिन्छः

    images

    निम्नः
    १. पसलमा साईनबोर्ड र मूल्यसूची राखिएको छ, छैन ? हेरौं ।
    २. प्याकेटमा लेखिएको अधिकतम् खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य नतिरौं ।
    ३. उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन र उपभोग्य मिति भएको लेबल हेरेर मात्र सामान खरिद गरौं ।
    ४. उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट गरिएको वा पुनः लेबलिङ् गरिएको वस्तु नकिनौं ।
    ५. वस्तु उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ, भण्डारण विधि, उपयोग गर्ने तरिका छ, छैन ? हेरौं ।
    ६. बिल पाउनु उपभोक्ताको अधिकार भएकोले सामान खरिद गर्दा खरिदकर्ताले प्यान वा भ्याट बिल लिने बानी बसालौं ।
    ७. दर्तावाल फर्म वा पसलसँग मात्र सामान खरिद गरौं ।
    ८. कसैले खरिद गरेको वस्तु चित्त नबुझी फिर्ता गर्न चाहेमा ७ दिनभित्र बिक्रेता समक्ष फिर्ता गर्न वा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु वा त्यस्तो वस्तु खरिद गर्दा तिरेको रकम भुक्तानी लिऔं ।
    ९. उजुरी दिन सकिनेः
    कुनै वस्तु वा सेवा प्रदायकले उपभोक्ता हित विपरीत कुनै काम गरेमा त्यस्तो कुराको जानकारी पाउने जुनसुकै व्यक्तिले आफूसँग भएको जानकारी वा सबुद प्रमाण सहित सहायक प्रमुख जिल्ला अधिकारीसमक्ष टेलिफोन नं। ०१०–५२०१२१ अथवा मोबाईल नं। ९८५११९६१३१ वा इमेल ठेगाना [email protected] मा लिखित वा मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सक्नु हुनेछ ।

    - जिल्ला प्रशासन कार्यालय, धादिङ

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २१, २०७८ सोमवार - २२:५३:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology