फाइल फोटो
नारायणगढ–मुग्लिन सडक खण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोको कारण सडक पटक–पटक अबरुद्ध हुँदै आएको छ । पछिल्लो सोमबार रातिदेखि अवरुद्ध सडक आज (मंगलबार)सम्म पनि पूर्ण रुपमा संचालनमा आउन सकेन । अहिले पनि यस सडक खण्डको सेती दोभानलगायतका ठाउँमा निरन्तर पहिरो खसिरहेको छ ।
चितवनका प्रहरी प्रमुखका अनुसार सडक अवरुद्ध नै रहेको जानकारी दिएका छन । उनले भने–‘अहिले पनि पहिरो खसिरहेको छ, रातको समयमा काम गर्न गाह्रो छ, भोलि विहानबाट मात्र पहिरो पन्छ्याउने काम हुने उहाँको भनाई छ।’