धादिङ । सुख्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक बिहानै देखि अवरुद्ध भएको छ। आज बिहान करिब साढे ४ बजेतिर इच्छाकामना-६ कालिखोलामा सुख्खा पहोरो जादा सडक दुईतर्फी अवरुद्घ भएको हो।
उक्त पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले सडक सुचारु गर्न कम्तिमा पनि अझै २ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।