शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महादेवबेसीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु, दुर्घटना पछि भागेका चालक सिम्लेमा समातिए

महादेवबेसीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु, दुर्घटना पछि भागेका चालक सिम्लेमा समातिए

नागरिक पाटी

२९, आषाढ २०७८
  • 24.0K
    SHARES
  • महादेवबेसीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु, दुर्घटना पछि भागेका चालक सिम्लेमा समातिए

    धादिङ । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । नौबीसेबाट गल्छीतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको विदुर नगरपालिका १३ का ३५ वर्षीय नारायण शिवभक्ती र उहाँका छोरा १० वर्षीय आर्यनको मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको घटनास्थलमै र बाबुको उपचारका क्रममा काठमाण्डौको ट्रमा सेन्टरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

    images
    images

    यस्तै दुर्घटनामा घाईते मोटरसाइकल चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २० वर्षीय जीवन घर्तीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महादेववेशीमा मोटरसाईकललाई ठक्कर दिएर भागेका चालकलाई सिम्लेबाट ट्रकसहित नियन्त्रणमा लिईएको छ । प्रत्यक्षदर्शीका अनुसार चालकले ठक्कर पछि पनि ट्रकलाई ब्याक गरेर किचेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - १९:२१:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology