गजल
कतै अँध्यारो कतै उज्यालो हुन सक्छ
म हाँस्दा तिम्रो लागि भुईँचालो हुन सक्छ
म तिमी सङ्ग टाढिएको बात झुटा हुन
माटो सङ्ग टाढा कहाँ कोदालो हुन सक्छ
अब के कोट्याउनु र खै अब पुरानो घाउ
आँखाहरूमा आँसुको भङ्गालो हुन सक्छ
भिजाइराख्नुहोस् बन्जर जमिनको छाती
सुकिसकेको रुख पनि आलो हुन सक्छ
हिजो टुहुरो रोयो आज झरी परेको छ
आज त्यो आकाशको पालो हुन सक्छ।
©अदिती