काठमाडौँ । नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २३०९ र एन्टीजेन परिक्षणबाट ८०५ गरि कुल ३११४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६१५ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४२१ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ८६ र ललितपुरमा १०८ संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१९७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.५ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले ३४४ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १०६२५ पिसिआर र ४२८५ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ७५७ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ६७१ जना रहेका छन् भने होम आइसोलेसनमा २५ हजार ८६ रहेका छन् । त्यस्तै अहिले नेपालमा ६५० जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६९५ पुगेको छ ।