शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

९, श्रावण २०७८
  • 6.8K
    SHARES
  • धादिङमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङका थप ४४ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको रुवीभ्यालीमा १२, धादिङ अस्पतालमा ८, त्रिपुरासुन्दरीमा ६, गंगाजमुनामा ६,धुनिबेशीमा ५, खनियाबासमा ४, ज्वालामुखीमा २ जना र गजुरीमा १ जना गरी जिल्लाका ४४ जनामा कोरोना पोजिटिभ देखिएको छ।

    images
    images

    शुक्रबार धादिङमा ३२ संक्रमित थपिएका थिए । यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ५९ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।आज ६८ संक्रमित निको भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार ३४९ पुगेको छ भने सक्रिय केश ५६७ रहेको छ ।

    संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा १४, संस्थागत आइसोलेसनमा ६ र होम आइसोलेसनमा ५४७ जना रहेका छन्। यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - १९:४९:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology