शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्यो

धादिङ अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्यो

नागरिक पाटी

२१, श्रावण २०७८
  • 11.0K
    SHARES
  • धादिङ अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्यो

    धादिङ । पछिल्लो समय धादिङ अस्पतालमा ज्वरोका बिरामीको चाप बढेको छ । जेठ असारमा भन्दा अहिले ज्वरोका बिरामीको चाप तुलनात्मकरूपमा बढेको हो ।

    images
    images

    दैनिक २ सय जना बिरामी ज्वरो क्लिनिकमा आउने गरेका र दैनिक आउने बिरामीमध्ये ५०–६० जना कोभिड संक्रमित बिरामी आए छन, भने ४० जना आकस्मिक कक्षमा आउने गरेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयो ।

    मौसम परिवर्तनका कारण मानिसको शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा यो महिना ज्वरोका बिरामीको संख्या अत्यधिक बढेको हो ।

    ज्वरो सँगसँगै स्क्रबटाइफस र डेँगुका बिरामीहरू पनि फेला परेका र टाइफाइड दम लगायतका बिरामीहरूले उपचार गराइरहेका उहाँले बताउनुभएको छ । त्यस्तै व्यक्तिगत सरसफाइलाई विषेश ध्यान दिन, ताजा तथा स्वच्छ खानेकुरा खान र कोभिडसँग सम्बन्धित लक्षणहरू छन् भने स्वास्थ्यकर्मीसँग परामर्श लिई उपचार गर्न अनुरोध गर्नुभएको छ ।

    अस्पतालमा बिरामीको चाप बढी भएका र स्वास्थ्यकर्र्मीको संख्या अस्पतालको दरबन्दीभन्दा कम भएका कारण व्यवस्थापनमा समस्या भएको जिल्ला अस्पतालले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७८ बिहिवार - ०७:५१:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology