काठमाण्डौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकतामै जोड दिएको छ । केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टी एकताका लागि सजगताका साथ अगाडि बढ्ने निर्णय गरेको हो ।
२७ असारमा भएको दशबुँदे लगायतका सहमति कार्यान्वयन गर्दै एकताका आधार तयार गर्नुपर्ने बैठकले निर्णय गरेको छ । नेता रघुजी पन्त भन्छन्, ‘हामीले पार्टीलाई एकतावद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ ।’ यसबारे थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको समेत नेता पन्तले जानकारी दिए ।