शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपाल धादिङको २० औं बार्षिक साधारण सभा सम्पन्न

प्रयास नेपाल धादिङको २० औं बार्षिक साधारण सभा सम्पन्न

नागरिक पाटी

२८, श्रावण २०७८
  • 8.7K
    SHARES
  • प्रयास नेपाल धादिङको २० औं बार्षिक साधारण सभा सम्पन्न

    धादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २० औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभा संस्थाका अध्यक्ष रेष्टन कडेलकोे अध्यक्षतामा सम्पन्न भएको हो ।

    images
    images

    गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष एकराज छत्कुली,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा ,नेपा चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ ,धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री लगायतले संंस्थाको २० औं साधारण सभामा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

    232207646_421627122574726_1030321818060965077_n.jpg


    धादिङबेसीमा भएको सामाजिक परिक्षण तथा साधारण सभामा संस्थाको ०७७÷०७८ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो । प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा पुर्णिमा कार्यक्रम,बाल केन्दित सामुदायिक विकास कार्यक्रम, प्राम्भिक बाल विकास कार्यक्रम ,सिद्धलेक सानाकिसान सबलिकरण कार्यक्रम, सक्रिय परियोजना, बे्रटर ब्रिक नेपाल कार्यक्रम, किशोरी छात्राबास निर्माण कार्यक्रम गरि जिल्लाको नगर तथा गाउँपालिकाहरुमा कार्यक्रम संचालन मार्फत सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको थियो ।

    231481457_3080044818988010_6066977669299243754_n.jpg

    कार्यक्रममा संस्थाका सचिव बिर बहादुर श्रेष्ठले संस्थाको सांगठनिक,कार्यकारी निर्देशक दामोदर अर्यालले बार्षिक प्रगति र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले संस्थाको आगामी आ.ब.०७८÷०७९ निति,कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ । साधारणसभाले संस्थाको बिभिन्न निति संशोधित सहित समसामयिक ९ वटा प्रस्तावमा छलफल गरी पारित गरेको संस्थाका सचिव बिर बहादुर श्रेष्ठले जानकारी दिनु भयो

    साधारणसभाका बर्ष भरमिा उत्कृष्ट कार्य गर्ने सुमित्रा चेपाङ,रोशन नेपाल, राजन रिजाल,बिपना प्याकुरेल,एकराज पण्डित र अञ्जु श्रेष्ठलाई सामाजिक कार्यकर्ता सम्मान २०७७ र प्रदिपराज रेग्मीलाई उतकृष्ट सदस्य २०७७ बाट सम्मानित गरिएको ईश्वरी कोईरालाले जानकारी दिनु भयो

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १९:१०:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology