शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

नागरिक पाटी

३०, श्रावण २०७८
  • 5.4K
    SHARES
  • एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

    रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

    images
    images

    माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - ११:०९:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology