शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अबको केही दिन लगातारजसो पानी पर्ने सम्भाबना

अबको केही दिन लगातारजसो पानी पर्ने सम्भाबना

नागरिक पाटी

३१, श्रावण २०७८
  • 5.4K
    SHARES
  • अबको केही दिन लगातारजसो पानी पर्ने सम्भाबना

    काठमाण्डौ । यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । गएको जेठ २८ गते मनसुन सुरु भएयता दुई महिनामै औसत भन्दा धेरै पानी परेको हो । यसपालि मनसुन निरन्तर सक्रिय छ ।

    images
    images

    साउन अन्तिमसम्म आइपुग्दा मनसुन अवधिभर पर्नुपर्ने पानीको ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो औसत भन्दा धेरै वर्षा हो । मनसुन अवधिमा नेपालमा हुने कुल वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ । त्यसमध्ये साउन २६ गतेसम्म ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको पछिल्लो तथ्याङ्क छ ।

    नेपालमा सामान्य अवस्थामा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म लगभग सय दिन दक्षिण एसियाली मनसुन सक्रिय हुने गर्छ । मनसुन अवधिमा देशभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलीमिटर हो भने काठमाण्डौको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलीमिटर हो ।

    मनसुन सकिने समय अझै बाँकी छ । यसैबीच अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । अबको केही दिन लगातारजस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - ०८:१९:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology