शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नौबिसे – नागढुङगा सडक खण्ड एक तर्फि सञ्चालनमा, राजमार्गमा सवारीको लामो जाम

नौबिसे – नागढुङगा सडक खण्ड एक तर्फि सञ्चालनमा, राजमार्गमा सवारीको लामो जाम

शिवराज आचार्य

२, भाद्र २०७८
  • 7.8K
    SHARES
  • नौबिसे – नागढुङगा सडक खण्ड एक तर्फि सञ्चालनमा, राजमार्गमा सवारीको लामो जाम

    नौविसे, धादिङ । अहिले त्रिभुवन राजपथ अन्तरगत नौबिसे नागढुङगा सडक खण्ड एक तर्फी सञ्चालनमा आएको छ । धादिङको धुनिबेशी वडा नम्बर ९ को खत्रीपौवा र सिस्नेखोला विचको भागमा सडक माथिबाट पहिरो आउँदा राजमार्ग अबरुद्ध भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनु भएको छ ।

    images
    images


    काठमाण्डौसँगको मुख्य नाका भएकाले अहिले त्यहाँ लामो जाम छ । प्रहरीका अनुसार गाडीको लाइन पिप्लामोडदेखि कलंकीसम्म पुगेको छ । यता खानीखोला सम्म गाडीको लामो लाइन छ । यो नाका भएर हरेक दिन सयौँ गाडी काठमाण्डौ भित्रने बाहिरिने गछर्न् ।


    लगातार पानि परिरहेका कारण पहिरो हटाउन दुबै तर्फी राजमार्ग सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ । त्यस्तै नागढुङ्गा सिस्नेखोला सुरुङमार्गले सडक विस्तार गर्ने क्रममा कटिङ गर्दा पहिरोको जोखिम भएको स्थानियले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १२:२७:३२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology