शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपाल धादिङको आयोजनामा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम

सिड्स नेपाल धादिङको आयोजनामा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम

शिवराज आचार्य

१८, भाद्र २०७८
  • 7.6K
    SHARES
  • सिड्स नेपाल धादिङको आयोजनामा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम

    सिड्स नेपाल धादिङको आयोजनामा अभिभावक, सामाजिक नेताहरू,वडा पालिकाका प्रतिनिधि र अन्य सरोकारवाला सगं शान्ति निर्माणमा उनिहरूको भुमिका बारे सबालमा आधारित छलफल एवम् अन्तरक्रिया कार्यक्रम भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ को ट्राईम्प अर्गानिक रिसोर्टमा थाक्रेका जनप्रतिनिधि र सामाजिक अगुवा, अभिभावक र अन्य सरोकारवाला बिच सबालमा आधारित छलफल भएको हो ।
    समुदायको अबस्था विश्लेषणमा पहिचान भएका सबालहरूको जानकारी गराई समुदायमा शान्ति निर्माण आएका समस्या पहिचान गर्नका लागि कार्यक्रम आयोजना गरिएको सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रूपाखेतीले बताउनु भएको छ ।

    images
    images

    संस्थाले केहि समय अगाडि विभिन्न समुदायमा गएर पहिचान भएका विषयमा रहेर कार्यक्रम अन्तरक्रिया गरिएको हो । समुदायमा हुने द्वन्दका सबालहरू घरेलु हिंसा, सामाजिक हिंसा, लागु पर्दाथ, लागु औषधको लगायतका बारेमा समुदाय हिंसा भएको देखिने रूपाखेतीले बताउनु भयो ।

    समुदायमा शान्ति निर्माणमा केहि अर्झै विभिन्न चुनौतिहरू देखिएको कार्यक्रम सहभागीहरूले बताएका छन् । कार्यक्रममा व्रोर्ट फर डाई वेल्टको आर्थिक सहयोग र संस्था गत विकास सञ्जालसगंको साझेदारीमा यो तिन वर्षे कार्यक्रम सिड्स नेपालले सञ्चालन गरिएको छ।
    कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु अभिभावक, सामाजिक नेताहरू,वडा पालिकाका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - १७:२५:४४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology